१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्रको आधा दर्जन गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o५:oo

अखिल नेपाल फुटबल संघ एन्फाद्वारा जारी यू–१६ लिगमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारविरुद्ध आधा दर्जन गोल गरेको छ । शनिबार च्यासल मैदानमा मच्छिन्द्रले खुमलटारविरुद्ध ६–१ को सहज जित निकालेको हो ।

मच्छिन्द्रले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल गरेको थियो । मच्छिन्द्रको जितमा भूपेन्द्र धरला र सविनय कटुवालले समान दुई गोल गरेका थिए । कबिर तामाङ र सङये उर्गेन दोर्जीले समान एक गोल थपेका हुन् । खुमलटारका लागि अलिक श्रेष्ठले एक गोल फर्काएका थिए । अन्य खेलमा न्युरोड टिम एनआरटीले त्रिभुवन आर्मीलाई ५–१ ले हरायो । 

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले संकटालाई २–१, फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको युवा टोलीलाई २–० ले हराएका छन् । दश टोली सहभागी प्रतियोगितामा उद्घाटन खेलमा शुक्रबार नेपाल पुलिसले मनाङ मस्र्याङ्दीलाई २–१ ले हराएको थियो । 

ad
ad