१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मियामी
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सिजन ब्रेकमा एम्बाप्पे

Read Time : > 1 मिनेट
मियामी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो छैन । एम्बाप्पे अन्यत्र जान चाहन्छन् । पिएसजी उनलाई सम्झौताका लागि दबाब दिइरहेको छ । खेलाडी र क्लबबीच सन् २०२४ सम्म सम्झौता भएको छ । एम्बाप्पेको मुख्य उद्देश्य नै खेलाडी किनबेच सिजनमा राम्रो क्लबमा जानु हो । पिएसजी उनलाई बिक्री गर्दा आउने ट्रान्सफर रकम कमाउन चाहन्छ । पिएसजीले सम्झौताकै आडमा फ्रान्सेली खेलाडीलाई क्लबमै राख्न कोसिस गरिरहेको हो । यद्यपि, क्लबसँगको सम्बन्धमा चिसोपना आए पनि एम्बाप्पले सिजन ब्रेकमा मस्त देखिन्छन् । 

अमेरिकाका चर्चित सहर मियामीमा उनी प्रेमिकासँग सिजन ब्रेकको बिदा मनाइरहेका छन् । मियामीमा उनी प्रेमिकासँग रहँदा त्यहाँको चर्चित खेल जेन्गासमेत खेल्न भ्याएका छन् । गत सिजन उनले पिएसजी र फ्रान्सका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पिएसजीले ब्याक टु ब्याक फ्रेन्च लिग वान उपाधि जित्दा उनकै योगदान धेरै थियो । उनले समग्रमा पिएसजीबाट ४३ खेलमा ४१ गोल गर्न सफल भए । यसैगरी, राष्ट्रिय टोलीबाट विश्वकपमा उनले १३ गोल गरे । फ्रान्सलाई लगातार दोस्रोपटक फाइनल स्थान पक्का गराउन एम्बाप्पेले प्रेरणादायी प्रदर्शन गरेका थिए । 

फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदा फ्रान्ससँगै एम्बाप्पेको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना क्षतविक्षत भयो । विश्वकपमा उनले गोल्डेन बुट जिते । एकनासको प्रदर्शन गरेका एम्बाप्पेले मैदानबाहिर चलिरहेको द्वन्द्व बिर्सन चाहन्छन् । आउने दिनमा पिएसजीसँग जस्तो निर्णय भए पनि नयाँ फुटबलको सिजन सुरुअघि उनी आफूलाई फ्रेस बनाउन प्रेमिका र परिवारसँगै मियामी पुगेका हुन् । 

ब्रिटिस क्लबबाट राम्रो प्रस्ताव
२४ वर्षीय खेलाडीले परिवारसँगै ब्रिटिस बोर्ड गेम खेल्दै दिन कटाइरहेका छन् । यसैबीच पेरिसको घटनाप्रति उनले दुःख मनाएका छन् । ‘फ्रान्समा अहिले अस्वाभाविक घटना भइरहेको छ, यसबाट म दुःखी छु,’ उनले भने । युरोपियन मिडियाहरूले एम्बाप्पेलाई भित्र्याउन चेल्सी, लिभरपुल र म्यानचेस्टर युनाइटेड पछि लागेका छन् । 

ad
ad