टेनिसको नयाँ सिजन सुरु हुन दुई–तीन साता बाँकी छ । यसबीच खेलाडीले राम्रो ब्रेक पाएका छन् । वर्षभरि टेनिस कोर्टमा दौडधुप गरेका खेलाडी विन्टर ब्रेक समयमा घरपरिवार वा एकल यात्रामा निस्केका छन् ।
यसैक्रममा टेनिस सुन्दरी इगेनिए बाउचार्डले अमेरिकाको मियामी बिचलाई ‘होलिडे’ प्याकेज बनाएकी छिन् । लगातार खराब प्रदर्शन गरेकै कारण उनी अहिले महिला एटिपी वरीयताको दुई सय ७७औँ स्थानमा छिन् । टेनिस कोर्टमा बाउचार्डको खासै चर्चा नभए पनि यसबाहिर हुने गतिविधिले उनी चर्चामा रहेकी छिन् ।
मियामीमा होलिडे मनाइरहेकी बाउचार्ड आफ्ना केही साथीसँगै बिकिनी पोजमा देखिइन् । बाउचार्डले मियामीको बिचमा रमाइलो गरिरहेको क्षण कैद मात्र गरिनन्, सोसल मिडियामा समेत पोस्ट गरेकी छिन् ।