१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साउदी भ्रमणमा मेसी नेतृत्वको मियामीलाई झड्का, हल हिलालसँग ४–३ गोलले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o८:oo

नयाँ सिजनको तयारीका लागि साउदी अरेबियाको भ्रमणमा रहेको इन्टर मियामीलाई मैत्रीपूर्ण खेलमा झड्का लागेको छ । लियोनल मेसी, लुइस स्वारेज, जोर्डी अल्बा, सर्जिओ बेस्क्वेटजस्ता बार्सिलोनाका पूर्वस्टारको उपस्थितिका बाबजुद मियामीले अल हिलालको चुनौती सामना गर्न सकेन । 

किङडम एरिनामा भएको मैत्रीपूर्ण खेल अल हिलालले ४–३ गोलअन्तरले जित्यो । पहिलो हाफ ३–१ ले पछि परेको अवस्थाबाट मियामी ३–३ को अवस्थामा पुगेको थियो । तर, खेल सकि दुई मिनेट बाँकी हुँदा सम्हालिन नसकेको मियामी ४–३ ले खेल सुम्पन बाध्य भयो । 

 

अल हिलालका लागि अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे भने मायामीका लागि स्वारेज, मेस्सी र डेबिड रुइजले गोल गरे ।

साउदी भ्रमणको क्रममा मेसी नेतृत्वको मियामीले अब बिहीबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेललाई दुवैका करोडौँ समर्थकले प्रतीक्षा गरिरहेका छन् । युरोपियन क्लबहरू छाडेर रोनाल्डो साउदी तथा मेसी अमेरिका लागेपछि यी दुईबीचको भिडन्त यही मैत्रीपूर्ण खेलले जुराउँदै छ ।

ad
ad