Skip This
भानुजयन्तीमा महिला संघको चित्रकला प्रदर्शनी, एमाले अध्यक्षले भने- कलाले जीवनको भाव बोक्नुपर्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार २१:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भानुजयन्तीमा महिला संघको चित्रकला प्रदर्शनी, एमाले अध्यक्षले भने- कलाले जीवनको भाव बोक्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २१:४७:oo

२१०औँ भानुजयन्तीको अवसरमा अखिल नेपाल महिला संघले चित्रकला प्रदर्शनी आयोजना गरेको छ । संघको सातौँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा महिला, वातावरण र संस्कृति सम्बन्धमा चित्रकला प्रदर्शन गरिएको हो । 

शुक्रबार एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी ओलीले प्रदर्शनीमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरे । त्यसक्रममा उनले भानुभक्तले नेपाली भाषा र साहित्यलाई दिएको योगदानको चर्चासमेत गरे । उनले कला सबैले बुझ्ने हुनुपर्ने पनि बताए ।

‘कला सबैले बुझ्ने हुनुपर्दछ । प्रस्तुत चित्रकलाहरूमा महिलाका भावनाहरूलाई आधुनिक र पौराणिक दुवै हिसाबले बुझिने गरी प्रस्तुत गरिएको छ,’ उनले भने, ‘त्यसैगरी कलाले जीवनको भाव बोक्नुपर्दछ ।’ 

प्रदर्शनीमा महिला, वातावरण र संस्कृति शीर्षकमा कोरिएका एक सय ६ वटा चित्रकला राखिएका थिए । राष्ट्रिय ललितकला संघको सहआयोजनामा आयोजित उक्त प्रदर्शनीको व्यवस्थापन अनेरास्ववियु ललितकला क्याम्पस र प्रिसियस आर्टसका कलाकारहरूले गरेका थिए ।

कार्यक्रममा कविहरू डा. सीता सुवेदी पन्थी,  श्री अम्बिका निरौला र प्राज्ञ नमुना शर्माले महिलासम्बन्धी कविता वाचन गरेका थिए । अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका इन्चार्ज सीता पौडेल, पदाधिकारीहरू, केन्द्रीय सदस्य, जिल्ला कमिटीका प्रतिनिधिहरूकाे उपस्थिति रहेको संघकी महासचिव पेम्बा लामाले जानकारी दिइन् ।

ad
ad