१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५५:oo

नेपाली महिला फुटबल टोली दुई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन मंगलबार बंगलादेश पुगेको छ । नेपालले बंगलादेशको राष्ट्रिय महिला टोलीविरुद्ध २८ र ३१ असारमा प्रतिस्पर्धा गर्नेछ । बंगलादेशविरुद्धको प्रतिस्पर्धा १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारीका रूपमा हेरिएको छ । नेपाली महिला खेलाडी एसियाडको तयारीमा छन् । उनीहरूले नियमित रूपमा प्रशिक्षण गरिरहेका छन् । 

बंगलादेश पुगेको खेलाडीले गत वर्ष दक्षिण एसियाली (साफ)को फाइनलमा व्यहोरेको हार बदला लिने लक्ष्य राखेको छ । गत वर्षको असोजमा नेपाल दशरथ रंगशालामै बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । पहिलोपटक नेपालले फाइनलमा भारतबाहेक अन्य प्रतिद्वन्द्वी पाउँदा पनि उपाधि हात पार्न सकेन । फिफा डेटमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाल पूर्णरूपले तयार भएको प्रमुख प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । 

‘मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्न हामी तयार छौँ,’ थापाले भने, ‘हामीले यस खेललाई एसियाडको तयारीका रूपमा पनि लिएका छौँ ।’ बंगलादेशबाट फर्केपछि महिला टोली एसियाडको तयारीमा लाग्नेछ । एसियाडमा सहभागी हुने नेपाली टोलीलाई बालगोपाल महर्जनले पनि प्रशिक्षण दिइरहेका छन् । 

नेपाली टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषानाथ
डिफेन्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइबा
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बू विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही
स्ट्राइकर : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
मुख्य प्रशिक्षक : अनन्तराज थापा 

ad
ad