१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Friday, 05 July, 2024
२o८o असार २६ मंगलबार १९:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीमा लम्पी स्किन संक्रमणले क्षति बढ्दाे, १२४८ पशुको ज्यान गयो, ४० हजार संक्रमित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार १९:४o:oo

गाईवस्तुमा लाग्ने संक्रामक रोग लम्पी स्किनका कारण बागमती प्रदेशमा अहिलेसम्म एक हजार २४८ गाईवस्तु मरेका छन्। प्रदेशका १३ वटै जिल्लामा महामारीको रूपमा फैलिएको लम्पीबाट ४० हजारभन्दा बढी गाईवस्तु संक्रमित भएका छन्।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार लम्पी स्किन रोगको संक्रणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाईवस्तु प्रभावित भएका छन्। 

लम्पीबाट सबैभन्दा बढी एक हजार ८६ गाई, १०३ गोरु, ४६ बाच्छाबाच्छी र १३ वटा भैँसी प्रभावित छन्। यस्तै, प्रदेशका १३ जिल्लाका ३५ हजार ६७८ गाई, तीन हजार ३०९ गोरु, ७५९ भैसी र ६१७ वटा बाच्छाबाच्छी संक्रमित भएका छन्।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार लम्पी स्किन रोगबाट धादिङका गाईवस्तु सबैभन्दा बढी संक्रमित भएका छन् । अधिकारीले धादिङमा मात्रै ९ हजार ५४९ गाईवस्तुमा संक्रमण भएको जानकारी दिए। 

यस्तै, संक्रमणका कारण मर्ने गाईवस्तुको संख्या भने सबैभन्दा बढी मकवानपुरमा छ। यहाँ २७४ गाईवस्तु मरेका छन्। दोस्रो बढी मर्नेमा धादिङमा २५२ गाईवस्तु मरेको अधिकारीले जानकारी दिए।

धादिङपछि लम्पीबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर, चितवन, नुवाकोट र सिन्धुपाल्चोक रहेका छन् । मकवानपुरमा ७ हजार २९५ गाईवस्तु संक्रमित भएका छन् । चितवनमा ६ हजार ७९९ गाईवस्तु संक्रमित हुँदा १७६ गाई मरेका छन् । नुवाकोटमा ६ हजार १ गाईमा संक्रमण पुष्टि हुँदा १७८ गाईवस्तु मरेका हुन्।

यसैगरी, सिन्धुपाल्चोकमा तीन हजार ३२५ गाईवस्तुमा संक्रमण पुष्टि हुँदा १५७ गाईको संक्रमणका मरेका छन्। दोलखामा तीन हजार १८१ गाईवस्तुमा संक्रमण पुष्टि भएको छ। जसमध्ये ५१ वटा गाई मरेका हुन्। 

मन्त्रालयको तथ्यांकअनुसार, काठमाडौंमा ९४२ गाईवस्तुमा संक्रमण पुष्टि हुँदा ९२ वटा गाईवस्तु मरेका छन्। यता भक्तपुरमा लम्पीका कारण ८३० गाईवस्तु संक्रमित हुँदा १८ वटा मरे भने ललितपुरमा ५४५ गाईवस्तुमा संक्रमण पुष्टि भएकोमा २१ गाई रोगको संक्रमणका कारण मरेका छन् । 

यस्तै, सिन्धुलीमा ३२४ गाईमा लम्पीको संक्रमण देखिएको छ भने ९ गाई मरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । काभ्रेमा १३१ गाईभैँसीमा संक्रमण देखिएको छ भने चारवटा गाई संक्रमणबाट मरेका छन् । 

रसुवामा २३४ गाईमा संक्रमण देखिएको छ भने १५ गाई संक्रमणका कारण मरेका छन् । रामेछापमा २१६ गाईमा संक्रमण पुष्टि हुँदा एउटा गाई मरेको छ । 

मन्त्रालयका सूचना अधिकारी अधिकारीले लम्पीको संक्रमणका कारण गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरू देखापर्ने जानकारी दिए ।

आपतकालीन अवस्था घोषणा गर्ने तयारी
लम्पी स्किन रोगको संक्रमण दर बढ्दो क्रममा रहेकाले बागमती प्रदेशलाई आपतकालीन अवस्था घोषणा गरेर नियन्त्रण गर्ने तयारी भइरहेको प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले प्रदेश मन्त्रालयले लम्पी संक्रमणको अवस्थालाई बागमतीमा आपतकालीन अवस्थाको रूपमा व्याख्या गर्ने तयारी गरेको जानकारी दिए ।

उनले लम्पी स्किन रोगको संक्रमण दर बढ्दो क्रममा रहेकाले आपतकालीन अवस्था घोषणा गरेर नियन्त्रणको तयारी गर्नेतर्फ छलफल भइरहेको बताए ।

‘लम्पी स्किन रोगको संक्रमण दर न्यूनीकरणका लागि मन्त्रालयबाट पहल भइरहे पनि सोचेजस्तो सफलता प्राप्त हुन सेकेको छैन । रोग नियन्त्रणभन्दा बाहिर जान नदिन मन्त्रालयले संघीय सरकारसँगको छलफलमा आपतकालीन अवस्था घोषणाको तयारी गरिरहेका छौँ,’ डा. शर्माले भने ।

रोग नियन्त्रणका लागि मन्त्रालयबाट सचेतनामूलक कार्यक्रम, खोप तथा प्राविधिकहरूको सहयोग कृषकहरूलाई उपलब्ध गराउँदै आएको डा. शर्माले बताए । 

मन्त्रालयले आगामी आर्थिक वर्षको साउनबाट कार्यविधि र निर्देशिकाहरू निर्माण गरी अभियानकै रूपमा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।

अभियानमार्फत प्रदेशमा रहेका ११ लाख गाईमध्ये चारलाख गाईलाई खोप लगाउने गरी कार्ययोजना र रणनीति निर्माणको चरणमा रहेको उनको भनाइ छ ।

डा. शर्माले लम्पी स्किन रोगको संक्रमण नियन्त्रण र रोकथामका लागि अहिलेसम्म प्रभावित भएका जिल्लाका ५६ हजार बढी गाईवस्तुमा रोगविरुद्धको खोप लगाइएको जानकारी दिए । उनले प्रदेशका १० जिल्लाका ५६ हजार ३३३ गाईमा खोप लगाइएको बताए ।

लम्पीको संक्रमणका कारण दुहुना गाईवस्तु मर्नुका साथै संक्रमित वस्तुमा दूध उत्पादनमा समेत ह्रास आउँदै किसान मर्कामा परेका छन् । प्रदेशमा रोगको संक्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास आएको मन्त्रालयले जनाएको छ ।

ad
ad
ad
ad