१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : भैरवसुन्दर श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:११:oo

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनिश्चितता नभएको भन्दै विदेशी लगानीहरू फर्किन थालेको बताएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको उल्लेख गरे। अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको सांसद श्रेष्ठको आरोप छ।

‘चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू आफूले उत्पादन गरेका बिजुलीको सुनिश्चितता नभएपछि, आफ्नो लगानीको सुनिश्चितता नभएपछि आज फर्किने कुरा गरिरहनुभएको छ। कतिपय आयोजनाहरू फर्काइसक्नुभएको छ। कतिपय फर्किने चरणमा हुनुहुन्छ। यस्तो खालको राष्ट्रघात अहिलेको सरकारको प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्ले, गठबन्धनका दलले राष्ट्रघात किन गरेको हो ? हामी चिन्तित छौँ,’ उनले भने।

ad
ad