Skip This
स्मार्ट क्युआर र नेपालपे क्युआरबीच अन्तरआबद्धताको सुरुवात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २५ सोमबार १३:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्मार्ट क्युआर र नेपालपे क्युआरबीच अन्तरआबद्धताको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २५ सोमबार १३:२६:oo

नेपालपे क्युआर र स्मार्ट क्युआरबीच क्युआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ ।

यससँगै नेपालपे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी स्मार्ट क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताहरूले नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकर्मीहरूको उपस्थितिमा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवाहरू संयुक्त रूपमा सार्वजनिक भएको घोषणा गरिएको हो।

एनसिएचएल र एससिटीको क्युआर नेटवर्कबीच क्युआर भुक्तानीलाई समर्थन र प्रवर्द्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको छ। यस अन्तरआबद्धतापश्चात् ग्राहक र मर्चेन्टहरूले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नुपर्दैन। दुवै नेटर्वकका इस्युइङ एप र मर्चेन्ट क्युआरले काम गर्नेछ।