१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्थ समितिले रसायनिक मलसम्बन्धी सरकारलाई दियो पाँच गृहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:o७:oo

अर्थ समितिले किसानलाई समयमै सहज रूपमा मल उपलब्ध गराउनेबारे सरकारलाई स्पष्ट प्रस्ताव ल्याउन निर्देशन दिएको छ। 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले किसानलाई सहज मल आपूर्तिको व्यवस्था गर्नेबारे प्रस्ताव ल्याउन कृषि मन्त्रालय र उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। 

कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेड र उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको नेपाल र साल्ट ट्रेडिङ लिमिटेडले आपूर्ति गर्ने गरेको छ। समितिले छलफलका लागि कृषिमन्त्री र उद्योगमन्त्री रमेश रिजाललाई बोलाएको थियो। 

बैठकको सभापतित्व गरेका कांग्रेस सांसद विनोद चौधरीले अर्को बैठकमा विस्तृत छलफल गर्ने गरी पाँचवटा विषयमा गृहकार्य गरेर आउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे। 

उनले आठ लाख मेट्रिक टन आवश्यक रहेकोमा साढे चार लाखमात्रै आपूर्ति हुने गरेको उल्लेख गर्दे भने, ‘बाँकी मल आयात गर्ने जिम्मा कसको हो ? यो ग्याप कायमै रहेसम्म बिचौलियाहरूको हाबी भइरहन्छ। पहिला सरकारले यसको टुंगो लगाउनुपर्छ।’

समितिले रासायनिक मल जी टू जीमार्फत सीधैँ आयातको सम्भावनाबारे अध्ययन गर्न सरकारलाई भनेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिको उदाहरण दिँदै समिति सभापति चौधरीले भने, ‘हामीलाई आवश्यकताअनुसार भारतबाट निर्वाध रूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको छ। रासायनिक मलको पनि यसैगरी आपूर्ति गर्ने व्यवस्थाबारे पनि सरकारले अध्ययन गर्न जरुरी छ।’ 

समिति सदस्यले नेपालममै रासायनिक मलको कारखाना खोल्नुपर्नेमा जोड दिएका थिए। समितिले स्वदेशमै मल कारखानाको सम्भावनाबारे अध्ययन गर्न लगानी बोर्डलाई आग्रह गरेको छ। ‘कि सरकार आफैँले लगानी गर्नुपर्छ। नत्र निजी क्षेत्रलाई दिने हो भने सरकारले किन्ने सुनिश्चित गर्नुपर्छ। निजी क्षेत्रलाई लगानी गराउनका लागि वातावरण बनाउनुपर्छ। यसका लागि लगानी बोर्डले पनि थप अध्ययन गर्नुपर्छ,’ सभापति चौधरीले भने। 

साथै, समितिले रासायनिक मलको विकल्पका रूपमा जैविक मल वा प्रांगारिक मलको सम्भाव्यताबारे अध्ययन गर्न भनेको छ। त्यस्तै, आपूर्ति व्यवस्था सहज, सरल र भरपर्दो बनाउन आवश्यक प्रणालीको विकास गर्नुपर्नेमा समितिको जोड थियो। ‘हाम्रो देशमा आठ लाख मेट्रिक टन रासायनिक मलको माग छ। तर, साढे चार लाख मात्रै आपूर्ति छ। त्यो पनि समयमा भएको छैन। किसानले मल पाएका छैनन्,’ समिति सभापति चौधरीले भने, ‘यसबारे पनि मन्त्रालययहरूले आवश्यक गृहकार्य गरेर अर्को बैठकमा आउनुहोला।’

समिति सदस्यहरूले किसानहरूले वर्षेनी मलको समस्या भोग्दै आएको उल्लेख गर्दै सरकारलाई सहज रूपमा वितरणको व्यवस्था गर्न माग गरे।

ad
ad