मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Monday, 17 March, 2025
२o८o असार २० बुधबार १७:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखका दुर्गम गाउँमा ठडिए अग्ला विद्यालय भवन, भारतीय दूतावासद्वारा हस्तान्तरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २० बुधबार १७:४१:oo

दैलेखको महावु गाउँपालिका जाँदा दुर्गम बस्तीमा टाढैबाट देखिने अग्लो विद्यालय भवन ठडिएका छन्। 

भारतीय सेनामा जागिर खाएर रिडायर्ड भएका पूर्वभारतीय सैनिकहरूले दैलेखका दुर्गम गाउँमा भारतीय राजदूतावासलाई अत्याधुनिक विद्यालय निर्माणका लागि आग्रह गरे। उनीहरूको आग्रहअनुसार दूतावासले १० करोडभन्दा बढी लागतमा विद्यालय भवन निर्माण सम्पन्न गरेकाे छ। ६ वर्ष अघिदेखि निर्माण सुरु गरिएका भवनहरू औपचारिक कार्यक्रम गरेर सम्बन्धित पालिकाहरूलाई हस्तान्तरण गरिएको छ। 

'शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय हो, पूर्वाधारविना शैक्षिक क्षेत्रको अन्य विषय कल्पना गर्न सकिँदैन। त्यसैले आफूहरूले भारतीय दूतावासमा दैलेखका दुर्गम बस्तीका विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि पहल गर्न आग्रह गराैँ,' पश्चात् भवन निर्माणको कार्य सुरु भएको भारतीय भूतपूर्व सैनिक संगठन नेपालका लेखा समिति अध्यक्ष खगेन्द्र लामाले बताए। 

दैलेखको भवन निर्माणका लागि भूतपूर्व सैनिक संगठनका केन्द्रीय सदस्य दैलेख निवासी दलबहादुर गुरुङको महत्त्वपूर्ण योगदान रहेको भन्दै स्थानीय बासिन्दाहरूले प्रशंसासमेत गरे। 

६ वर्षदेखि निर्माण थालिएका भवनहरूको औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ। दैलेखको नारायण नगरपालिका दैलेखमा निर्माण गरिएको नारायण क्याम्पस, महावु गाउँपालिकामा निर्माण गरिएको जगदीश मावि, भगवतीमाई गाउँपालिकामा निर्माण गरिएको भैरव मावि खोर, गुराँस गाउँपालिकामा निर्माण गरिएको मालिका मावि मकुटकलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। 

भारतीय राजदूतावासका सचिव प्रशान्तकुमार सोनालले चारवटै भवन सम्बन्धित पालिका प्रमुखहरूलाई हस्तान्तरण गरे। 

भवन हस्तान्तरण समारोहमा बोल्दै सोनालले दुर्गम बस्तीहरूमा बालबालिकाहरूको शैक्षिक अवस्था सुधार गर्न, भौतिक पूर्वाधारको समस्या भएका विद्यालयहरूमा पूर्वाधार विकास गरेर उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने उद्देश्यले राजदूतावासमार्फत भवन निर्माण गरिएको बताए। हरेक विद्यालयले विद्यार्थीहरूको पठनपाठनलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारले सहयोग पुग्ने साेनालकाे भनाइ थियाे। 

भवन हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले भारत सरकार र राजदूतावासलाई धन्यवाद दिँदै जसरी राजदूतावासले अत्याधुनिक भवनहरू निर्माण गरिदिएको छ, यी भवनहरू सयौँ वर्षसम्म दिगो हुने गरी सञ्चालन गर्ने बताए।  

भारतमा जागिरको सिलसिलामा काम गरेका पूर्वभारतीय सैनिकहरूले दूतावासमार्फत गरेको आग्रह सुनेर दैलेखका दुर्गम स्थानहरूमा विद्यार्थीहरूको लागि पक्की भवन निर्माण गरिदिएकोमा धन्यवाद दिँदै दूतावासले प्रदान गर्ने अन्य धेरै सुविधाहरूको सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने खगेन्द्र लामाले सुझाव दिए।