१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२९५ स्थायी नर्सिङ पदपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:o२:oo

स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्तर्गत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ। लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका नर्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र वितरण गरेको हो। 

मन्त्रालयले नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्समध्ये २४५ वीर अस्पतालमा र ५० जना नेपाल सरकारमातहतका संघीय अस्पतालमा खटाएको हो।

नर्सिङ जनशक्तिको अभावमा आइसियूलगायत अन्य सर्जिकल सेवाहरू सञ्चालनमा ल्याउन नसकेको वीर अस्पतालमा नर्सिङ जनशक्ति थपिएसँगै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

नर्सिङ जनशक्ति अभावमा ठप्प रहेको १० शय्याको आइसियूलगायतका सेवाहरू जनशक्ति थपेसँगै सञ्चालनमा आउने भएका हुन्। 

आवश्यक जनशक्ति उपलब्ध भएसँगै इर्मेजेन्सी वार्डमा पनि रेड, एलो र ग्रिन जोन छुट्याएर छिट्टै सेवा दिन सकिने, बन्द रहेका अप्रेसन थिएटरसमेत सञ्चालनमा आउने र लामो समयदेखि बन्द रहेको बर्न वार्डलगायतका सेवाहरू सुचारु गर्न सकिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका बताएका हुन्। 

सधैँ बिरामीको भिडभाड रहने वीर अस्पतालमा यति ठूलो संख्यामा नर्सिङ जनशक्ति पहिलोपटक थपिएको डा. पौडेल बताएका हुन्।  
 

ad
ad