१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसइई पास गरेका विद्यार्थीलाई माई पे डिजिटल वालेटको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o६:oo

 माई पे डिजिटल वालेटले एसइई उत्तीर्ण विद्यार्थीलाई मासिक छात्रवृत्तिको योजना ल्याएको छ । कम्पनीले मासिक पाँच हजार रुपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ नामक छात्रवृत्ति योजना सार्वजनिक गरेको हो । 

योजनामा एसइई पास भएका जम्मा एक सय विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ । जसमा ९९ जना विद्यार्थीले मासिक पाँच सय रुपैयाँका दरले एक वर्षसम्म र एकजना विद्यार्थीले मासिक पाँच हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

एसइई पास गरेका विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याएको माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले बताए । 

‘नवीन प्रविधिलाई युवाहरूले नै सबैभन्दा पहिले आत्मसात् गर्न सक्छन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरूलाई डिजिटल प्रविधिप्रति वेलैमा आकर्षित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्नसमेत सहयोग मिल्थ्यो ।’
 

ad
ad