मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Thursday, 19 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o असार १४ बिहीबार १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बहुउपयोग कभर्डहलकाे शिलान्यास 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १५:२७:oo

सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्वराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो। 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विविध खेलकुदका विधासहितको भवन निर्माण गर्न लागेको छ। बिहीबार एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कर्भडहलको शिलान्यास गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन्। सामाजिक विकासमन्त्री साउदले समयमै गुणस्तरीय काम गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। 

मन्त्री साउदले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालयले गर्ने आवश्यक सबै जिम्मेवारी निर्वाह गर्नेसमेत वचन दिएका छन्। कार्यक्रममा तत्कालीन आर्थिक मामिलामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य प्रकाश रावलले समेत जिल्लाको खेलकुद विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कर्तव्य निर्वाहमा जोड दिए। 

यस्तै, तत्कालीन सामाजिक विकासमन्त्री लालबहादुर खड्काले समेत राष्ट्र चिनाउने खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताए। कञ्चनपुर खेलुकद  समितिका उपाध्यक्ष कैलालचन्द्र गिरीले बहुपयोगी कर्भडहल निर्माण भएसँगै इन्डोर तथा आउटडोरका प्रतियोगिता सञ्चालनदेखि खेलाडीलाई अभ्यास गर्न समस्या नहुने बताए। 

‘अहिले पनि विद्यमान हल छन्,’ उनले भने, ‘ती अपुग छन्, अहिले बन्ने भवनबाट खेलाडीलाई थप लाभ हुनेछ।’ उपाध्यक्ष गिरीले प्यारासुटसहितको रंगशाला नै बन्ने भएकाले कञ्चनपुरमा खेलकुदका पूर्वाधार विस्तारले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने बताए। 

उपाध्यक्ष गिरीले उक्त कर्भडहल निर्माणका लागि बैजनाथ कन्टुर भेजी धनगढीले सामाजिक विकास मन्त्रालयबीच १३ करोड, तीन लाख २८ हजार १९ रुपैयाँ बजेटमा निर्माण गर्ने सम्झौता भएको बताए। 

निर्माण कम्पनी र मन्त्रालयबीचमा ४ असार ०८० मा सम्झौता भई ३ असार ०८३ मा भवनसहितका संरचना निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको छ। निर्माण व्यवसायी सुनिक कुँवरले समयमै बजेट पाए वर्षदिनभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।