मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १३ बुधबार ११:३२:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको उपचार यसरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १३ बुधबार ११:३२:oo

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अर्थात् ‘ओसिडी’ एक प्रकारको मानसिक रोग हो । यस्तो मानसिक रोग लागेका मानिसले छिनछिनमा विचार वा भावनाहरू दोहोर्‍याउने गर्छन् । हुन त मनमा विचार वा भावना दोहोरिनु सामान्य कुरा नै हो । तर, छिनछिनमा दोहोरिएका वा फेरिएका विचारले आफूलाई असहज महसुस भई दैनिकीलाई नै असर पुर्‍याउने अवस्था आएमा त्यसको समाधान खोज्नुपर्छ । किनकि, यो रोगले कालान्तरमा डिप्रेसनसमेत निम्त्याउन सक्छ ।

आदर्श प्रधान मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर

कारण
- अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको आधिकारिक कारण प्रमाणित भइसकेको छैन । तर, अनुसन्धानका अनुसार आनुवंशिक तत्वका कारण यो रोग लाग्छ । तनाव, बायोलोजिकल र वातावरणीय समस्याका कारण पनि यस्तो मानसिक समस्या हुने गरेको पाइन्छ । 

- अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको समस्या भएमा मानसिक रोग विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । वेला–वेला मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ ।

लक्षण

दिमागमा एउटै विचार बारम्बार दोहोर्‍याउने हुन्छ । मनमा आएका विषय अनावश्यक विचार हुन् भन्ने ज्ञान हुँदाहुँदै पनि यस्ता कुरालाई हटाउन सकिँदैन । प्रभावित व्यक्तिमा सधैँ आक्रोशपूर्ण आवेग देखा पर्छ ।

- गम्भीर रोगबाट संक्रमण हुने डर भइरहन्छ । आफूबाट कुनै नराम्रो घटना घट्छ कि भन्ने डर उत्पन्न हुने गर्छ । जसले गर्दा बिरामी धेरैजसो समय तनावमा रहन्छ । 

- कसैलाई यस्तो अवस्थामा अत्यन्त डर लाग्ने, चिडचिडापन हुने, पसिना आउने, श्वासप्रश्वास असन्तुलित हुने र मुटुको धड्कन बढ्नेजस्ता समस्या पनि हुन्छ ।

- यो रोग लागेकाले बारम्बार हात सफा गरिरहने, ढोकामा ताल्चा लगाए/नलगाएको, ग्यास बन्द गरे/नगरेका चेकजाँच गरिरहने गर्छन् । विभिन्न भ्रम तथा अनावश्यक सामान राख्न रुचाउने आदि लक्षण देखाउँछन् । 

उपचार विधि

- मानसिक रोग विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । वेला–वेला मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ । प्रायजसो मनोविज्ञले साइकोथेरापीबाट उपचार गर्ने गर्छन् । साइकोथेरापीअन्तर्गत कग्नेटिभ बिहेभियरल थेरापी, एक्सपोजर एन्ड रेस्पोन्स प्रिभेन्सन (इआरपी) आदिबाट उपचार गरिन्छ । 

- विश्राम, रेचन अभ्यासलगायत विभिन्न थेरापी गराएर यस्तो रोगबाट बच्न सकिन्छ । उपचारको अर्काे विधि एकाग्रता, स्वीकार भाव र आत्मविश्वास बढाउने अभ्यास पनि हो । यस्तो समस्या तुरुन्तै निर्मूल हुन भने गाह्रो हुन्छ । त्यसैले धैर्यको आवश्यकता पर्छ ।

- बिरामीको मात्र नभएर उसका परिवारका सदस्यलाई पनि परामर्शको खाँचो हुन्छ । बिरामीलाई पारिवारिक सहयोग धेरै नै चाहिन्छ । परिवारले गर्ने प्रेम, साथ, उत्प्रेरणाले बिरामी निको हुन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले परिवारले यसबारे हेलचेक्र्याइँ गर्नुहुँदैन ।