१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

घोराही सिमेन्टको आवेदनबारे छानबिन समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o७:oo

क्रेडिट रेटिङ र वित्तीय विवरणमा कैफियत नभएको कम्पनीको दाबी

नेपाल धितोपत्र बोर्डले फर्जी आवेदनबारे छानबिन गर्नका लागि चार सदस्य समिति गठन गरेको छ । बोर्डका उपकार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । 

छानबिन समिति बनेसँगै उक्त समितिले कम्पनीको कागजात सम्बन्धित क्यापिटल बैंकसँग माग गरेको छ । बोर्डका अनुसार तीन चरणमा छानबिन समितिले छानबिन गर्ने भएको छ । 

पहिलो चरणमा कम्पनीले रेटिङ गरे–नगरेको, दोस्रो फर्जी आवेदन दिनुको पछाडिको उद्देश्य र कारण खोज्ने र तेस्रो सेयर प्रत्याभूतिकर्ताको भूमिकाका बारेमा अध्ययन गर्ने भएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले छानबिन समितिबाट अध्ययनको निष्कर्ष आएपछि थप आवश्यक कारबाही गरिने बताए ।

१२ जनाले दिएका थिए फर्जी आवेदन 
कम्पनीको आइपिओमा १० लाख कित्ताका दरले १२ जनाले फर्जी आवेदन दिएको पाइएको छ । कम्पनीको आइपिओमा ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदन यसअघि नै अस्वीकृत भइसकेको छ । खातामा पैसा नभई आवेदन दिने १२ जनामा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्ज्वल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेको खुलेको छ । 

त्यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक छन् भने सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टीकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरकी सुमित्रा बम रहेको खुलेको छ । छानबिन समितिले विशेष गरी नियतवश फर्जी आवेदन भर्न लगाइएको थियो वा प्रत्याभूतिकर्ता वा कुनै कसैको प्रभावबाट आवेदन लगाइयो भन्नेबारे छानबिन गर्नेछ । 

प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गरेको घोराही सिमेन्टको सेयरमा एक करोड २० लाखभन्दा बढी कित्तामा फर्जी आवेदन परेपछि सोमबार धितोपत्र बोर्डको निर्देशनमा आवेदन रद्द गरिएको थियो ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपिओ निष्कासन गरेको थियो । यसले एक सय अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँका दरले आइपिओ खुला गरेको थियो ।

सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको थिएन । कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयरसमेत बिक्री भएको थिएन । तर, कम्पनीले सेयरमा सोमबार मागभन्दा बढी कित्तामा आवेदन परिसकेपछि पनि आवदन दिने म्याद थपेपछि फर्जी भएको खुलेको थियो ।

घोराही सिमेन्टको दाबी– क्रेडिट रेटिङ र वित्तीय विवरणमा कैफियत छैन
घोराही सिमेन्टले आइपिओ स्थगन गरेकोप्रति आपत्ति जनाउँदै कम्पनीबाट कुनै गल्ती नभएको स्पष्टीकरण दिएको छ । कम्पनीले सेयर निष्कासन गर्ने सन्दर्भमा कागजात तथा विवरणहरूको जिम्मेवारी लिन उद्योग सदैव तत्पर रहेको  विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

विज्ञप्तिमा सेयर निष्कासन हुनुभन्दा पहिले कम्पनी रजिस्ट्रार कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको जनाइएको छ । बोर्डकै स्वीकृतपश्चात् वैदेशिक रोजगार र स्थानीय बासिन्दाका लागि सेयर जारी भइसकेको हुँदा क्रेडिट रेटिङमा कुनै शंका नगर्न तथा विज्ञहरूको विश्लेषण मूल्यांकनबाट सम्पन्न भएकाले कुनै कैफियत नभएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । 

ad
ad