मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Saturday, 29 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असार ८ शुक्रबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति कार्यालयकाे खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएपछि एमालेद्वारा संसद् अवरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १३:o३:oo

उपराष्ट्रपतिको कार्यालयको खर्च शीर्षकको पुस्तिका उपलब्ध नगराइएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका छन्। पुस्तिका उपलब्ध नगराएसम्म बैठक अघि बढ्न नसक्ने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

एमाले सचेतक महेश बर्तौलाले विनियोजन विधेयकमाथि पछिल्लो १० दिनदेखि छलफल जारी भए पनि उपराष्ट्रपति कार्यालयको खर्चको शीर्षकबारे पुस्तिका उपलब्ध नगराइएको भन्दै आपत्ति जनाएका थिए।

पुस्तिका बेगर छलफल हुन नसक्ने भन्दै उनले उक्त विषय कार्यसूचीबाट हटाउन माग गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।