मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ८ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार ११:२१:oo

बढ्दो उमेरसँगै छाला चाउरिने तथा छालामा धर्साहरू देखिने प्रक्रिया स्वाभाविक हो । तर, कतिपयमा युवा अवस्थामै यस्ता लक्षण देखिन्छन् । छालामा बुढ्यौली देखिने यस्तो प्रक्रियालाई ढिला गर्नका लागि स्वस्थ जीवनशैली, पर्याप्त निद्रा, खानपान, पानीको मात्रालगायत विभिन्न कुरा जरुरी हुन्छ ।

त्यस्तै, सूर्यको विकिरणबाट पनि बच्नुपर्ने हुन्छ । तपाईंले पोषणयुक्त खानेकुरा लिनुपर्छ । पोषक तत्वले चाउरीपन तथा सुक्खापन हटाएर छालालाई मुलायाम राख्छ र तपाईंलाई बढ्दो उमेरमा पनि युवाजस्तै देखाउँछ । 

भिटामिन सीले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन सी छालाका लागि पनि उत्तिकै फाइदाजनक छ । यसले कोलाजनलाई बढाउँछ र त्यसको प्रभावस्वरूप छाला स्वस्थ रहन्छ । हाम्रो उमेरसँगै कोलाजन कम हुँदै जाने भएकाले छालामा चाउरीपन तथा विभिन्न धर्सा देखिन्छन् । अमला, कागती, सुन्तलालगायत अम्लीय फलको प्रयोगले यसलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

त्यसैगरी सूर्यमुखी फूलको तेल, एभोकाडो र बदाममा पर्याप्त मात्रामा भिटामिन ई–कम्प्लेक्स हुन्छ । यसले पनि चाउरीपन रोक्न सहयोग गर्छ । हाम्रो छालाका कोषहरूका लागि आवश्यक एन्जाइमको मात्रालाई भिटामिन बीले बढाउँछ ।

माछामासु, अन्डा, दूध, दही, हरियो सागसब्जी, ब्रोकाउलीलगायत खानेकुरामा भिटामिन बी पाइन्छ । त्यसैगरी, जिन्कले कोषिकाहरूको झिल्लीलाई बलियो बनाएर छालालाई स्वस्थ राख्छ । दूधजन्य पदार्थ, गेडागुडी, मकै, आल्मोन्डलगायतमा जिन्कको मात्रा प्रचुर हुन्छ । 

छाला स्वस्थ राख्नका लागि भिटामिन ए, लाइकोपिन, रेस्वेराट्रोल, करक्युमिनलगायत पोषक तत्वहरू पाइने खानेकुरा लिनुपर्छ । गोलभेँडा, तरबुजा र अम्बामा लाइकोपिनको मात्रा प्रचुर हुन्छ । त्यसैगरी, बदाम, पास्ता, अंगुर र डार्क चकलेटमा रेस्वेराट्रोल प्रचुर मात्रामा पाइन्छ ।