१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चलाउनेको रिटमा अन्तरिम आदेश, मुद्दा फिर्ता लिने सरकारकाे निर्णय तत्काललाई रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:१५:oo

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको मुद्दा फिर्ता लिने सरकारकाे निर्णय तत्कालका लागि रोकिएको छ। सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै मुद्दा फिर्ता तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको हो।

मन्त्रिपरिषद् बैठकले चलाउनेको पक्षबाट नेपाल सरकार निवेदक रहेको काठमाडौं जिल्ला अदालतमा विचाराधीन ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध चलाउने बुधबार सर्वोच्च पुगेका थिए।

उनको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले काठमाडौं जिल्ला अदालतमा विचाराधीन उक्त मुद्दा फिर्ताको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्नको कारणसमेत सरकारसँग माग गरेको छ।

२० असोज ०७७ मा चलाउनेउपर विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको विषयमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलिरहेको छ । 

 

ad
ad