१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ

हवाई भाडा घट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४५:oo

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानको हवाई भाडा पनि गन्तव्यअनुसार चार सय ४५ रुपैयाँसम्म घटेको छ । आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ (६.३ प्रतिशत)ले घटाएपछि भाडा पनि कम भएको हो । भाडादर घटेपछि हवाई यात्रुलाई केही राहत महसुस हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधरबारदेखि नै लागू हुने गरी नयाँ हवाई भाडादर कार्यान्वयन गरेको हो । क्यानका अनुसार, नियमित उडान हुने गन्तव्यहरूमध्ये सबैभन्दा कम रामेछाप–लुक्ला रुटमा प्रतियात्रु ७५ रुपैयाँ र सबैभन्दा लामो रुट काठमाडौं–धनगढीको प्रतियात्रु चार सय ४५ रुपैयाँ भाडा घटेको छ । यस्तै, काठमाडौंबाट नजिकै रहेको सिमरामा प्रतियात्रु ९० रुपैयाँ भाडा घटेको छ ।

काठमाडौंबाट हुने उडानमा माउन्टेन फ्लाइटको प्रतियात्रु ३४० रुपैयाँ, भद्रपुर तीन सय, विराटनगर २४०, जनकपुर १२५, भरतपुर ११०, पोखरा १६०, भैरहवा २१०, नेपालगन्ज ३२५, धनगढी ४४५, तुम्लिङटार १८५, सिमरा ९०, सुर्खेत ३४५, राजविराज २०५ रुपैयाँ भाडा घटेको छ । यस्तै, पोखराबाट भरतपुर प्रतियात्रु ११५, भैरहवा १३०, सिमरा २२५, नेपालगन्ज २४०, विराटनगर ३५५, जनकपुर २६० भद्रपुर ४०५ रुपैयाँ भाडा घटेको क्यानले जनाएको छ । ट्रंक सेक्टरतर्फ नै विराटनगर–तुम्लिङटार ११० र भैरहवा–भरतपुर २९० रुपैयाँ हवाई भाडा घटेको छ । 

स्टल सेक्टरमा प्रतियात्रु काठमाडौं–रुकुम २९५, काठमाडौं–थामखर्क १७०, नेपालगन्ज चौरजहारी ८५, नेपालगन्ज–जुम्ला १५०, नेपालगन्ज–सिमिकोट दुई सय, नेपालगन्ज–ताल्चा (रारा) १६०, पोखरा जोमसोम ८०, दाङ–रुकुम ७५, काठमाडौं–फाप्लु १२५, काठमाडौं–लुक्ला १३५, काठमाडौं–रामेछाप ८५, काठमाडौं–रुम्झाटार १०५, काठमाडौं–सुर्खेत ३२०, काठमाडौं–ताप्लेजुङ २०५, काठमाडौं–दाङ २७५, काठमाडौं–खानीडाँडा १३०, रामेछाप–लुक्ला ७५ रुपैयाँ भाडा घटेको 
बताइएको छ ।
 

ad
ad