१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘आदिपुरुष’ले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै बालेनले गरे काठमाडौंमा हिन्दी फिल्म निषेधकाे घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:५६:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भोलि सोमबारदेखि भारतीय चलचित्रलाई निषेधको घोषणा गरेका छन्। भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालमा सांस्कृतिक अतिक्रमण गरेको भन्दै उनले सबै भारतीय चलचित्रमाथि प्रतिबन्ध घोषणा गरेका हुन्।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उक्त चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन मेयर साहले तीन दिनको अल्टिमेटम दिएका थिए। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उल्लेख गर्दै उनले ‘आदिपुरुष’बाट आपत्तिजनक संवाद नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने प्रस्ट्याएका छन्।

ad
ad