१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन आवश्यक : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:o५:oo

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन आवश्यक रहेको बताउका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रमुख सचेतक लेखकले बजेट केन्द्रीकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए। बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिँदै उनले ससर्त अनुदान विषयगत बनाई स्थानीय तहमा पठाउनुपर्ने बताए।

साना बजजेटहरू केन्द्र सरकारले नभई स्थानीय तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो। 

ad
ad