Read Time : < 1 मिनेट
२o८१ जेठ ६ आइतबार ११:३९:oo
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. दुई सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु. दुई सयले वृद्धि भई रु. एक लाख ३५ हजार ६ सय पुगेको छ।
आइतबार छापावाला सुन तोलामा रु. एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन तोलामा रु. एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ। आइतबार तेजाबी सुन तोलामा रु. एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो।
चाँदीकाे मूल्य तोलामा रु. एक हजार ६ सय ६० निर्धारण भएको छ। आइतबार चाँदी तोलामा रु. एक लाख ६ सय ४० मा कारोबार भएको थियो।