Skip This
गृहद्वारा सुगम र दुर्गम मिलाएर सिडिओहरूकाे सरुवा र पदस्थापन, काे कहाँ परे ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काडमाडौं
२o८o असार १ शुक्रबार १६:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहद्वारा सुगम र दुर्गम मिलाएर सिडिओहरूकाे सरुवा र पदस्थापन, काे कहाँ परे ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १६:३९:oo

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ। अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो। १ असारमा मन्त्रालयले उक्त सरुवा तथा पदस्थापन गरेको हो।

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो। त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सिडिओ बनाइएको छ। त्यस्तै, गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सिडिओ बनाइएको छ।

त्यस्तै, कञ्चनपुरका सिडिओ गोपालप्रसाद अर्याललाई डोटीको सिडिओ बनाइएको छ। उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सिडिओ बनाइएको हो।

उता मकवानपुरका सिडिओ रहेका राजेन्द्र पाण्डेलाई सिराहाको सिडिओ बनाइएको छ। सिराहाका सिडिओ भोजराज खतिवडालाई खोटाङको सिडिओ बनाइएको छ। खतिवडालाई सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो।

त्यस्तै, डोटीकी सिडिओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। त्यस्तै, खोटाङका सिडिओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। 

उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो । त्यस्तै, रोल्पाका सिडिओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

त्यस्तै,  कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सिडिओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ। 

त्यस्तै, जाजरकोटका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सिडिओ बनाइएको छ। त्यस्तै, काभ्रेको सहायक सिडिओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।

त्यस्तै, काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यालयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरेको छ। उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौंबाहिर पठाइएको हो।