संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भेलाले छलफल र परामर्शपछि ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
भेलाले वीरेन्द्र रमणलाई कार्यसमितिको अध्यक्षको जिम्मेवारी दिइएको छ भने हदिस खुद्दारलाई उपाध्यक्षको रूपमा चयन गरेको छ।
यस्तै, सचिव पदमा विकासकुमार साह, सह–सचिवमा कमलेशकुमार ठाकुर र कोषाध्यक्षमा लक्ष्मी चौधरी सर्वसम्मत चयन भएका छन्। समितिका सदस्यहरूमा नवीन सिंह, सञ्जय साह, चाँदनी झा, माला राय, राजा झा र सञ्जय यादव चयन भएका छन्।
सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धीरेन्द्र साह चयन भएका छन्।