मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार

धरौटीमा रिहा भए पहिचानवादी मोर्चाका तीन कार्यकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १८:४९:oo

ताप्लेजुङ जिल्ला प्रहरीको नियन्त्रणमा रहेका पहिचानवादी मोर्चाका जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीनजना कार्यकर्ता आज रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले तीनैजनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरेको जानकारी दिए। सूचना अधिकारी बस्नेतले मादेन १० हजार रुपैयाँ र सिदिङ्वा गाउँपालिका– ५ का लक्ष्मण लिम्बू साथै तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा भएको बताए। 

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको बलुडाँडामा गएको १२ माघ भएको घटनामा प्रहरीले अनुसन्धानका लागि भन्दै तीनजनालाई नियन्त्रणमा लिएको थियो। घटनापछि आन्दोलनरत पक्ष र सरकारबिच मंगलबार राति भएको वार्तामा पक्राउ परेका आन्दोलरत पक्षका कार्यकर्तालाई रिहाइ गर्ने सहमति भएअनुसार रिहा गरिएको हो।