१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१७:oo

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रु ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलास थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय भएको पाइएको हो।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिए। उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टका रूपमा सक्रिय रहेका अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। पक्राउ पर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन्। 

उनीहरूले सट्टेबाजमा रू ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ। आशिषले रु तीन करोड कारोबार गरेको फेला परेको छ भने दीपेशले रु पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा. केसीले बताए। 

उनका अनुसार आशिषको साथबाट प्रहरीले रु ३७ लाख बरामद गरेको छ। उनीहरूको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। 

कार्यालयले बरामद सामग्रीसहित उनीहरूलाई आज सार्वजनिक गरेको हो। उनीहरूले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ। रासस 
 

ad
ad