१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इतिहास रचे जोकोभिकले

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१८:oo

सर्वियाली नोभाक जोकोभिकले पुरुष ग्रान्डस्लाममा नयाँ इतिहास रचेका छन् । पेरिसमा आइतबार राति फ्रेन्च ओपन जितेसँगै जोकोभिक पुरुषतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै २३औँ संख्या पुर्‍याएका छन् । यस सफलतासँगै पुरुष टेनिस विधामा जोकोभिकलाई सर्वकालीन महान् खेलाडीका रूपमा हेरिएको छ । यद्यपि, उनी स्वयं यस तथ्यलाई स्वीकार गर्दैनन् । ‘अहिले म यो स्तरमा पुगेको जस्तो लाग्दैन,’ तेस्रोपटक फ्रेन्च ओपन जितेपछि जोकोभिकले भने, ‘त्यो उपलब्धि हात पार्न अझै धेरै मिहिनेत गर्नुपर्छ । 

गत वर्ष रोजर फेडेररले सन्न्यास लिनु तथा फ्रेन्च ओपनको साबिक विजेता राफेल नाडाल चोटका कारण प्रतियोगितामा सहभागिता नजनाउँदा जोकोभिकलाई इतिहास रच्न कुनै समस्या भएन । उनले तेस्रोपटक फ्रेन्च ओपन जित्न कास्पेर रुडलाई हराएका थिए । यसै सिजनको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनसमेत उनले जितेका थिए । वर्षमा आयोजना हुने चारवटै ग्रान्डस्लाम तीनपटक जित्ने जोकोभिक पुरुषतर्फ पहिलो खेलाडी बनेका छन् । टेनिस इतिहासमा सर्वाधिक ग्रान्डस्लामको उपाधि मार्गेट कोर्टले जितेकी थिइन् । मार्गेटले २४ ग्रान्डस्लाम हात पारेकी थिइन् ।

जोकोभिकले अमेरिकन खेलाडी सेरेना विलियम्ससँग २३ ग्रान्डस्लाम बराबरी गरेका छन् । दुई सातापछि लन्डनमा सुरु हुने विम्बल्डन टेनिस जित्दा जोकोभिकले मार्गेटको कीर्तिमान बराबरी गर्न सक्छन् । 

सन् २००८ मा पहिलो ग्रान्डस्लाम
सन् २००८ मा जोकोभिकले करिअरकै पहिलो ग्रान्डस्लाम उपाधिका रूपमा अस्ट्रेलियन ओपन जितेका थिए । त्यसवेला फेडेरर र नाडाल निकै अगाडि बढेका थिए । नाडालले पनि त्यही समयमा ६ वटा ग्रान्डस्लाम हात पारिसकेका थिए । जोकोभिकले फेडेररले तत्काल जितेका ग्रान्डस्लाम संख्या पार गर्ने सोचेका समेत थिएनन् । फेडेररले सन् २०१५ मा पिट संप्रासको नाममा रहेको सर्वाधिक १५ ग्रान्डस्लाम तोडेका थिए । सन् २०१० देखि २०२३ सम्म जोकोभिकले प्रत्येक वर्ष कुनै न कुनै ग्रान्डस्लाम जित्दै गए । 

सन् २०११ मा फेडेरर ओरालोतर्फ लागे । यसको फाइदा जोकोभिक र नाडालले उठाए । सन् २०१२ मा फेडेररले विम्बल्डन जिते । तर, फेडेररले अर्को एउटा ग्रान्डस्लाम जित्न चार वर्ष लगाए । सन् २०१९ मा जोकोभिकले एकै सिजनमा चार उपाधि जित्ने रेकर्ड बराबरी गरे । सन् २०२१ मा जोकोभिकले अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन हात पार्दै २० ग्रान्डस्लाम संख्या पुर्‍याए । सन् २०२२ मा जोकोभिकले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउन पाएनन् । अस्ट्रेलियन सरकारले अनिवार्य रूपमा कोभिड–१९ को भ्याक्सिन लिनुपर्ने नियम बनाएको थियो । 

जोकोभिकले आफूले कोभिडविरुद्धको भ्याक्सिन नलिएको र प्रतियोगिता स्वतः खेल्न पाउनुपर्ने अडान राखे । अस्ट्रेलियन सरकारअगाडि जोकोभिकको केही लागेन । उनले त्यतिकै अस्ट्रेलियन ओपन गुमाए । यसको फाइदा नाडालले लिए । उनले त्यही वर्ष नै कीर्तिमानी रूपमा १४औँ पटक फ्रेन्च र अस्ट्रेलियन ओपन जित्दै २२ ग्रान्डस्लाम संख्या पुर्‍याए । यद्यपि, जोकोभिकले त्यसलगत्तै विम्बल्डन, अस्ट्रेलियन र फ्रेन्च ओपन जित्दै पुरुषतर्फ सर्वाधिक २३ ग्रान्डस्लाम संख्या पुर्‍याए । 

एक–अर्काविरुद्धको प्रदर्शन
३६ वर्ष भए पनि जोकोभिक उत्कृष्ट फर्ममा छन् । नाडाल र फेडेररले पनि ३५ वर्षमाथि ग्रान्डस्लाम जितेका छन् । यो उमेरमा पनि जोकोभिक र नाडाललाई अन्य युवा खेलाडीले चुनौती प्रस्तुत गर्न सक्दैनन् । टेनिस इतिहासमा धेरै फाइनल खेलेको अनुभव उनीहरूसँग छन् । यसै कारण यी दिग्गज खेलाडीले फाइनल कसरी नियन्त्रण गर्ने र खेल्ने भन्ने स्पष्ट रूपमा लिएका छन् । 

पहिलोदेखि सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरे पनि युवा खेलाडी फाइनलमा चुक्छन् । किनभने, उनीहरूका अगाडि जोकोभिक, नाडाल वा फेडेररमध्ये एक नै प्रतिद्वन्द्वी हुन्छन् ।जब तीनमध्ये एक खेलाडी फाइनलमा पुग्छन्, नयाँ खेलाडीलाई सहजै पाखा लगाउँछन् । जोकोभिकले ग्रान्डस्लाममा फेडेररसँग हेड टु हेडमा ५० मध्ये २७ खेल जितेका छन् । नाडालविरुद्ध पनि जोकोभिकको रेकर्ड राम्रो छ । 

तीन खेलाडीबीच होडबाजी

पछिल्लो दशकमा ग्रान्डस्लाम र एटिपी मास्टर्स सिरिजमा तीन खेलाडीबीच मात्र उपाधिको होडबाडी चल्यो । फेडेरर, नाडाल र जोकोभिकबीचको त्रिकोणात्मक भिडन्तमा अन्य खेलाडीले मौका नै पाएनन् । यी तीन खेलाडीबीच ग्रान्डस्लाम उपाधि अन्य खेलाडीले जित्दा आश्चर्यचकित हुन्थे । यद्यपि, फेडेरर, नाडाल र जोकोभिकले निश्चित ग्रान्डस्लाममा आफ्नो शक्ति प्रदर्शन गरेका देखिन्छन् । क्ले कोर्टका बाहशाह मानिने नाडालले २२ मध्ये १४ ग्रान्डस्लाम फ्रेन्च ओपनमै जिते । नाडालको उपस्थितिमा जोकोभिक र फेडेरर निरीह हुन्थे ।

फेडेररले २० मध्ये आठ ग्रान्डस्लाम विम्बल्डनमै हात पारे । फेडेरर लगातार तीनपटक फ्रेन्च ओपनको फाइनलमा नाडालसँग पराजित भएका थिए । जोकोभिकले २३ मध्ये १० ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा आफ्नो नाम लेखाए । आइतबार राति जोकोभिकले चारै ग्रान्डस्लाम जित्ने तेस्रो खेलाडीको नाम लेखाउँदा स्टेफी ग्रान्फ र सेरेना विलियम्सको बराबरी गरे । नाडालले यो सफलता दुई र फेडेररले एकपटक हात पारे । 

ad
ad