Skip This
थाल ठटाउँदै विद्यालय कर्मचारी सडकमा, माग पूरा नभए देशभर विद्यालय बन्द गर्ने चेतावनी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Friday, 26 July, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २८ आइतबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थाल ठटाउँदै विद्यालय कर्मचारी सडकमा, माग पूरा नभए देशभर विद्यालय बन्द गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १३:५३:oo

सामुदायिक विद्यालयका कर्मचारीले बजेटमा आफूहरूलाई सम्बोधन नगरिएको भन्दै थाल ठटाएर प्रदर्शन गरेका छन्। आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको विरोध गरेका हुन्।

सरकारले बजेटमा सामुदायिक विद्यालयका कर्मचारीलाई सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्को आयोजनामा कर्मचारीहरू सडकमा उत्रेका हुन्।

प्रदर्शनमा सहभागी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ०७९ भदाै १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए।

आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने उनको चेतावनी छ। प्रदर्शनमा सहभागीले ‘संघीय शिक्षा ऐन जारी गर’, ‘बुँदा नम्बर १२७ लागू गर’, ‘संविधानको धारा ३१ लागू गर’, ‘हाम्रो माग पूरा गर’लगायतका नारा लगाएका थिए।