१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २५ बिहीबार ११:१२:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २५ बिहीबार ११:१२:००

सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ । यसपछि सनस्क्रिन क्रिम लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । 

आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । मेकअप गर्नेबित्तिकैभन्दा पनि करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । आफूले कुन रङको कपडा लगाएको छ, सोअनुसारको आइस्याडो लगाउन सकिन्छ ।

कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

सनस्क्रिन क्रिम छनोट कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यको कम्पनीको क्रिमले सुट गर्ने हुन्छ । स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ ।