यसकारण यात्रामा ह्याट लगाउनुस्

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

गर्मीमा यात्रा गर्दै हुनुहुन्छ भने ह्याट अनिवार्य लगाउनुपर्छ । यसले धेरै समस्याबाट तपाईंलाई जोगाउँछ । आफूलाई सहज महसुस हुने, घामबाट जोगाउने र हावा छिर्ने खालको ह्याट लगाउनु राम्रो हुन्छ । 

पहिलो कुरा, घामको विकिरणबाट तपाईंको अनुहार, घाँटी र कानको सुरक्षा गर्छ । छाला डढ्ने वा चिलाउने समस्या हुँदैन ।  ह्याटले घामको सीधा सम्पर्कबाट जोगाएर तपाईंको टाउकोलाई शीतल राख्छ । जसकारण, बाहिर घुम्दा आराम महसुस हुन्छ । 

चर्को घाममा सीधै अगाडिको दृश्य हेर्न गाह्रो पर्न सक्छ । यसले आँखालाई पनि असर गरिरहेको हुन्छ । ह्याट लगाउँदा तपाईंको आँखामा घाम सीधा पर्दैन र ग्लेरहरू कम हुन्छन् । तसर्थ, आँखाको सुरक्षाका लागि पनि ह्याट जरुरी छ ।

टाउकोबाट धेरै पसिना निस्कँदैन । जसकारण डिहाइड्रेसनको जोखिम कम रहन्छ । प्रत्यक्ष घामले तालु र कपालमा पनि असर पुर्याउन सक्छ । ह्याटले यसबाट पनि तपाईंलाई जोगाउँछ । 

सुझावित समाचार