
साेमबारको प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ। भारत भ्रमणबारे उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिएलगत्तै प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।
सांसदहरूले नागरिकता प्रमाणीकरणको प्रक्रिया, भारतीय नयाँ संसद् भवन राखिएको नयाँ नक्सालगायतका विषयमा सांसदहरूले पुनः प्रश्न उठाए।
मुर्रा भैँसी ल्याउने भारतबाट सात वर्षअघि भएको सहमति अहिले कार्यान्वयन आएको प्रधानमन्त्रीले जानकारी गराए। प्रधानमन्त्रीले ‘मलाई नै भैँसीमाथि चढाएर हिँडाएका छन्’ भन्ने अभिव्यक्ति दिए।
उनको जवाफपछि बैठकमा सांसदले पुनः प्रश्न गरे। शून्य समयमा सांसद शिशिर खनालले प्रधानमन्त्री जहाज चढेर पोखरा विमानस्थल ओर्लिनुहुन्छ भन्ने लागेको थियो, तर भैँसी चढेर आउनुभयो’ भन्ने प्रश्नपछि संसदमा हंगामा भयो।
सभामुख देवराज घिमिरेले संसदमा प्रयोग भएको उक्त शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ गरे।