मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २२ सोमबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वातावरणमैत्री घर बनाउनेलाई नबिलको कर्जा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार ११:२९:oo

नबिल बैंकले वातावरणमैत्री घर निर्माण गर्नेलाई कर्जाको योजना ल्याएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्याको अवसर पारेर बैंकले दिगो घरकर्जा योजना (सस्टेनेबल हाउजिङ लोन)का रूपमा यो योजना सार्वजनिक गरेको हो । दिगो बैंकिङ अवधारणाअनुसार नयाँ प्रडक्ट सार्वजनिक गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्दप्रसाद ढुंगानाले बताए ।

उनका अनुसार बैंकले स्मार्ट पानी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा यो कर्जा कार्यक्रम सुरु गरेको हो । उनले भने, ‘ऊर्जा खपतलाई कम गरेर, ऊर्जा नवीकरणको अवधारणालाई आत्मसात् गर्दै र सौर्य ऊर्जाको समेत प्रयोगजस्ता वातावरणमैत्री उपायहरू अवलम्बन गरी निर्माण गरिने घरमा यो कर्जा सदुपयोग होस् भन्ने हाम्रो उद्देश्य हो ।’

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले हालसम्म एउटा पक्षलाई लक्षित गरेर कर्जा दिने गरेकोमा अबका दिनमा सबै पक्षलाई समेट्दै लैजाने बताए । उनले भने, ‘यस्तो कर्जा लिनका लागि ऊर्जा किफायत, स्थानीय उत्पादनको प्रयोग, पानीको संरक्षणजस्ता विषयलाई मध्यनजर गरिनेछ ।’ यो कर्जा योजनाको उद्देश्य वैकल्पिक ऊर्जाको खपत बढाउने, जीवाश्म इन्धनको खपत घटाउने र स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्ने रहेको उनको भनाइ थियो । अध्यक्ष पौडेलले थपे, ‘यो कर्जा घर निर्माणमा मात्र होइन, निर्मित घरलाई वातावरणमैत्री बनाउन पनि दिइन्छ । मूलतः बैंकिङ प्रणालीमार्फत वातावरणका मुद्दालाई सम्बोधन गर्ने हाम्रो प्रयास हो ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नबिल बैंकसँग यसअघि पनि साझेदारीमा काम गरिरहेको र आगामी दिनमा समेत थप सहकार्य गर्ने केन्द्रका कार्यकारी निर्देशक नवराज दाहालले बताए ।