१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Wednesday, 03 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o जेठ २२ सोमबार o८:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच हजार स्थानमा थपिँदै छन् स्मार्ट स्ट्रिट लाइट

 उपत्यकाका सबै पालिका स्मार्ट स्ट्रिट लाइटका लागि बजेट छुट्याउँदै

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार o८:o७:oo

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उपत्यकाका हरेक स्थनीय तहले स्मार्ट स्ट्रिट लाइट (सडकबत्ती) जडानका लागि कम्तीमा एक करोड बजेट विनियोजन गर्ने भएका छन् । उपत्यकाभित्रका मेयरहरूको साझा संस्था उपत्यका मेयर्स फोरमको सोमबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । 

अहिले काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय मुख्य सडक साँझ परेसँगै अन्धकार हुन्छन् । यसअघि जडान गरिएका सडक सोलार बत्तीको आयु सकिएको र कतिपय स्थानमा मधुरो बल्न थालेपछि मुख्य सहरी क्षेत्र अन्धकार बन्न थालेका छन् । सडकबत्ती आत्यावश्यक रहेको भन्दै फोरमले आगामी आर्थिक वर्षभित्रै सबै सडकमा बत्ती राख्ने योजना अघि सार्न निर्णय गरेको थियो । सोहीअनुसार सबै पालिकाले स्मार्ट स्ट्रिट बत्ती जडानका लागि बजेट छुट्याउने भएको ललितपुर महानगरका मेयर तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले बताए ।

उनले ललितपुरका केही स्थानमा स्मार्ट स्ट्रिट र हाई मास्ट लाइट जडान गरिसकिएको बताए । ‘यसअघि बसेको फोरमको बैठकले उपत्यकामा स्मार्ट स्ट्रिट लाइट जडानका लागि घटीमा पनि एक–एक करोड बजेट छुट्याउने निर्णय भएको छ,’ उनले भने, ‘सहरी सडक चौबिसै घन्टा अन्धकार हुनुहुँदैन ।’

उनका अनुसार यसमा डिजाइन, प्राधिविक काम र पाँच वर्षसम्मको ग्यारेन्टी हुने गरी काम नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । यसअघि काठमाडौं, ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच फागुन ०७७ मा सडकमा अत्याधुनिक विद्युतीय बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने सम्झौता भएको थियो  । काठमाडौं महानगरले स्मार्ट स्ट्रिट लाइट जडानका लागि गत वर्ष ६ करोडभन्दा बढी बजेट छुट्याए पनि प्राधिकरण र महानगरबीचको टकरावले काम हुन सकेको थिएन । गत असोजदेखि भने महानगरले आवश्यक बजेट दिने भएपछि प्राधिकरणले काम थालेको छ । 

 काठमाडौं र ललितपुरले क्रमशः १० र ७ करोड विनियोजन गर्ने 
काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्मार्ट स्ट्रिट लाइट जडानका लागि क्रमशः करिब १० करोड र ललितपुरले सात करोड रुपैयाँ बजेट विनियोजन गर्ने बताए । मुख्य सहरी क्षेत्र महानगरभित्रै पर्ने भएकाले स्मार्ट स्ट्रिट लाइट जडानको विशेष प्राथमिकतामा राखेको बताएका छन् । 

 मेयर्स फोरमका  अध्यक्ष  चिरिबाबु महर्जन भन्छन् फोरमको बैठकले उपत्यकामा स्मार्ट स्ट्रिट लाइट जडानका लागि घटीमा पनि एक–एक करोड बजेट छुट्याउने निर्णय गरेको छ । सहरी सडक चौबिसै घन्टा अन्धकार हुनुहुँदैन ।

फोरमको निर्णयसँगै एक वर्षभित्र उपत्यकाका तीन जिल्लाका करिब पाँच हजार स्थानमा स्मार्ट स्ट्रिट लाइट जडान हुने भएका छन् । यसमध्ये काठमाडौं महानगरपालिकाका दुई हजार ७८ ठाउँमा लाइट जडान गरिनेछ । प्राधिकरणका अनुसार सडकबत्तीका लागि उपत्यकामा अहिले चार हजार पाँच सय पोल छन् । यसमा पाँच सय पोल अझै थप हुनेछन् । 

योजनाअनुसार सुरुमा विद्युत् प्राधिकरणले ९० र एक सय २० वाट क्षमताका स्मार्ट बल्ब जडान गर्नेछ । जसमा एक हजार दुई सय २७ वटा बत्ती ९० वाट र बाँकी बत्ती एक सय २० वाट क्षमताका हुनेछन्  । पुरानै पूर्वाधारमा यी स्मार्ट बल्ब जडान गरिनेछ  । नपुग्ने र अँध्यारा चोक तथा सडकहरूमा पोल गाडेर बत्ती जडान गरिनेछ । 

 ६० प्रतिशत महानगर र ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने
यसअघि सडकबत्ती जडानका लागि कुल लागतमध्ये ६० प्रतिशत महानगरपालिका तथा नगरपालिका र ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने सम्झौता भएको थियो । मेयर्स फोरम र प्राधिकरणबीच पनि ६० प्रतिशत पालिका र ४० प्रतिशत प्राधिकरणले रकम व्यहोर्ने गरी सम्झौता भएको छ । यसमा पनि बत्ती जडान प्राधिकरणले नै गर्नेछ । अब स्थानीय तहरूले एक करोड बजेट विनियोजन गरे ४० लाख प्राधिकरणले थप गरेर एक करोड ४० लाखको स्मार्ट स्ट्रिट लाइट जडान हुनेछ । 

 ६ सय ९९ सय स्मार्ट स्ट्रिट लाइट र १५ स्थानमा हाई मास्ट लाइट 
ललितपुरको कुपन्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुना, सातदोबाटोलगायत क्षेत्रमा ६ सय ९९ सयवटा स्मार्ट स्ट्रिट लाइट जडान भइसकेका छन् । ललितपुरमा राखिने बत्तीमध्ये दुई सय ३९ वटा ६० वाट क्षमता र अन्य ९० वाट क्षमताका बल्ब हुन् । यस्तै, महानगरका व्यस्त सडकका १५ स्थानमा ‘हाई मास्ट’ बत्ती जडान भएका छन् । यो बत्ती निकै चहकिलो हुन्छ । यस्तो प्रकारको बत्ती मुख्य सहरी क्षेत्र, संवेदनशील ठाउँ र चोकहरूमा जडान गरिन्छ ।

 बुङमतीसम्म स्मार्ट लाइट जोड्ने 
ललितपुर महानगरले सातदोबाटो–हरिसिद्धि, सातदोबाटो–धापाखेल, सातदोबाटो–सुनाकोठी र एकान्तकुना–भैँसेपाटी–बुङमती, बुङमती दोबाटो र रातो मत्स्येन्द्रनाथ मन्दिर, खोकना दोबाटो र रुद्रायणी मन्दिर र खोकना बसपार्क र बुङमती मन्दिर जोड्ने मार्ग पनि स्मार्ट स्ट्रिट लाइट जडान गर्नेछ । 

 के हो स्मार्ट स्ट्रिट लाइट ?
स्मार्ट स्ट्रिट लाइट संसारका मुख्य सहरहरूमा राखिएको आधुनिक लाइट हो । यो बिजुली र सोलार दुवैबाट बल्छ । नेपाल विद्युत् प्राधिकरणले भने बिजुलीको लाइनबाट बाल्ने जनाएको छ । सोलार प्रविधि बढी खर्चिलो र उज्यालो कम दिने भएकाले बिजुलीको लाइन प्रयोग गर्न लागिएको हो । यसलाई चलाउन प्राधिकरणले सर्भर निर्माण गरेको छ ।

सडकमा रहेका स्मार्ट बत्तीहरूको प्राधिकरणको सर्भरसँग सीधा जडान हुन्छ । जसअनुसार कहीँकतै लाइट बिग्रियो भने प्राधिकरणका कर्मचारीले कम्प्युटरबाट थाहा पाउन सक्छन् । आयोजनाका अनुसार यो करिब १२ वर्षसम्म टिक्छ । सर्भरबाट पनि स्मार्ट लाइट अन र अफ गर्न सकिन्छ । तर, यो बत्ती अन अफ गर्नु पनि पर्दैन । उज्यालोमा निभ्ने र अँध्यारो भएसँगै बल्ने हुन्छ ।

 ललितपुरका तीन गाउँपालिकामा न्यून बजेट 
ललितपुरका तीनवटा गाउँपालिकाले भने सडकबत्ती जडानमा करिब १० लाख बजेट विनियोजन गर्नेछन् । ग्रामीण क्षेत्रमा रहेका पालिकाहरूले सहरी क्षेत्रमा जस्तो झिलिमिली बत्ती नचाहिने भन्दै अत्यावश्यक ठाउँहरूमा मात्रै सडकबत्ती जडान गर्ने भएका हुन् ।

कोन्ज्योसोम, महाँकाल र बागमती गाउँपालिकाले कम्तीमा पनि १० लाखका दरले सडकबत्तीका लागि बजेट छुट्याउन लागेका हुन् । पालिकाको बजेटको आकार पनि कम हुने र आवश्यकताका आधारमा पनि सहरी पालिकाहरूलाई जस्तो स्मार्ट लाइट नचाहिने भएकाले केही स्थानमा मात्रै सडकबत्ती जडानका लागि बजेट विनियोजन गर्ने बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । 

ad
ad
ad
ad