मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १५ सोमबार
  • Monday, 02 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १८ बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई देश मिलेर सीमालगायत सबै समस्या समाधान गर्छाैँ : भारतीय प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १८ बिहीबार १४:१०:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भएका सीमा विवाद समाधान गर्ने बताएका छन्। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुई देश मिलेर सीमालगायत सबै समस्या समाधान गर्ने बताएका हुन्।  

उनले भने, ‘हामी आफ्नो सम्बन्धलाई हिमालयजत्तिकै उचाइ दिनका लागि काम गरिरहन्छौँ। र, यही भावनाबाट हामी सबै मुद्दाको समाधान गर्छौँ, चाहे त्यो सीमा या अन्य विषय।’

मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने प्रतिबद्धता जनाए। संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानका विषयमा दुईपक्षीय कूटनीतिक समझदारी भएको बताए।