Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १७ बुधबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६८ स्वास्थ्य संस्थाले छुट सुविधासम्बन्धी विवरण बुझाएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १७ बुधबार १०:२६:००

सात दिनभित्रमा कानुनी दायरामा नआए अस्पताल प्रशासन बन्द गरिदिने मेयर साहको चेतावनी

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन् । 

मेयर साहले भनेका छन्, ‘यदि मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनुभएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्यसम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार गर्नुपर्नेलगायतका स्वास्थ्य सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरिसकेको छ ।

स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधा उपलब्ध गराउनेतर्फ मेयर साहले मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मेयर साहले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको संलग्न विवरणअनुसार नियमन र कारबाही गर्न स्वास्थ्यमन्त्रीसमक्ष अनुरोधसमेत गरेका छन् ।