१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० को क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५१:oo

‘आइएमई पे’ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। 

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई क्यासब्याक दिने भएको हो।

अफरअन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले रु. १००० क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याक रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले जनाएको छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ।

केही समयअघि आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो। सो सम्झौतापत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका थिए।

ad
ad