मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जिडिपीमा कृषि क्षेत्रको योगदान घटिरहेका वेला अर्थमन्त्रीले ल्याए दर्जनौँ नयाँ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १७:३६:oo

सरकारले कृषि क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल नपाइरहेका वेला अर्थमन्त्री डा‍. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु. ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ।

गत आर्थिक वर्षसम्म कुल ग्रार्हस्थ उत्पादन (जिडिपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालू आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ।

सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ।

चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष ०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए।