मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १४ आइतबार ११:११:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो ड्रेसअपले देखाउँछ फिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १४ आइतबार ११:११:००

पहिरनले मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कतिपयलाई महँगो लगाउँदा व्यक्तित्व कायम राख्छ भन्ने भ्रम पनि हुन्छ । जुन कपडा लगाए पनि त्यसले तपाईंलाई कस्तो देखाउँछ, त्यो बढी महत्वपूर्ण हुन्छ । कपडा सस्तो भए पनि शरीर सुहाउँदो हुनुपर्छ, त्यसले तपाईंको व्यक्तित्वमा थप निखार ल्याउँछ ।

- कालो तथा कुनै गाढा रङको कपडाले शरीरलाई स्लिम देखाउँछ । त्यसैले पार्टीमा जाँदा मोटो शरीर भएका धेरैले कालो रङको पहिरन लगाउने गर्छन् ।
- विवाह पार्टी वा औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने पहिरनको बुट्टा ठूलो प्रिन्ट भएको हुनुहुँदैन । त्यसले तपाईंको शरीरलाई झन्  भद्दा देखाउँछ । 
- कम्मर पातलो देखिनका लागि सकेसम्म ‘अफ द टप ड्रेस’ लगाउनु राम्रो हुन्छ ।
- कतिपयले शरीर मोटो छ भनेर पूरै ढाक्ने पहिरन लगाएको देखिन्छ । शरीर पूरै ढाक्ने पहिरन लगाउनु हुँदैन । त्यसले तपाईंलाई झन् भद्दा देखाउँछ । 
- पार्टीमा जाँदा सकेसम्म तलदेखि माथिसम्मको ड्रेसअप उस्तै रङको लगाउँदा राम्रो हुन्छ । 
- तपाईंले गाउन लगाउँदै हुनुहुन्छ भने कम्मर र चेस्टको भागलाई फिटिङ गर्दा राम्रो हुन्छ ।
- जर्जेट, सिफनको साडी छनोट गर्दा राम्रो हुन्छ । 
- पहिरनको लुक्स पर्फेक्ट देखाउन तथा सजिलो बनाउन अन्डर गार्मेन्टको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले सही साइज र कपडा छनोट गर्नु अनिवार्य हुन्छ ।
- हेयर स्टाइल, जुत्ता वा हिलमा ख्याल गर्नुपर्ने हुन्छ । 
- फ्याट स्यान्डल लगाउँदा होचो देखिनुका साथै केही मोटो पनि देखिन्छ । त्यसैले हाई हिल नलगाएर प्लेटफर्म हिल लगाउँदा राम्रो हुन्छ ।
- धेरै हेभी गहना लगाउनुभन्दा पनि घाँटीमा ज्वेलरी र कानमा एयररिङ मिलाएर लगाउँदा हुन्छ ।