Skip This
जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८o जेठ १२ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकपुरधाम उपमहानगरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १४:१७:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेकाे अवस्थामा जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई रु. ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो। 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो। रासस