लगातार सातौँ दिन सेयर बजारमा हरियाली, १९५९ विन्दुमा उक्लियाे नेप्से

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

पछिल्लो समय लगातार सेयर बजारमा उत्साह देखिएको छ। योसँगै आज लगातार सातौँ दिन सेयर बजारमा उत्साह देखिएको हो।  सेयर बजार परिसूचक नेप्से आज १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा उक्लिएको छ। 

आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेको छ। यसमा पनि होटेल तथा पर्यटन र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ। 

मंगलबारको तुलनामा आज कारोबार रकम घटेको छ। हिजो दुई अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस्तै, आज आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको सबैभन्दा धेरैले घटेको छ।

सुझावित समाचार