Skip This
दोस्रोपटक प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै      
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 26 July, 2024
२o८o जेठ ९ मंगलबार ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रोपटक प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै      

अन्तरप्रदेश मुख्यमन्त्री बैठक बुधबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार ११:३१:oo

प्रदेश सरकारहरूले आफ्नो अधिकार नपाएको गुनासो बढिरहेका वेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका प्रदेश सरकारका मुख्यमन्त्री पोखरामा भेला हुने भएका छन्। गण्डकी प्रदेश सरकारको आयोजनामा बुधबार पोखरामा हुने अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन्। प्रधानमन्त्री प्रमुख अतिथि रहने बैठकमा सात प्रदेशका मुख्यमन्त्रीहरूसँगै प्रदेशका प्रमुख सचिवहरूसमेत सहभागी हुनेछन् ।

गण्डकी सरकारले यसअघि २१ भदौ ०७५ मा समेत प्रदेशका मुख्यमन्त्रीहरूको भेला पोखरामा आयोजना गरेको थियो । भेलाले विभिन्न आठ निर्णय गरेको थियो । दोस्रोपटक पोखरामा हुन लागेको बैठकमा मुख्यमन्त्रीहरूले आफ्नो अनुभव साटासाटसँगै आवश्यक कानुन र अन्य कारण कार्यसम्पादनमा भएको समस्याबारे छलफल गर्दै साझा धारणासहित बैठकका निर्णय सार्वजनिक गर्नेछन् ।

प्रधानमन्त्री अध्यक्ष र मुख्यमन्त्रीहरू सदस्य रहेको अन्तरप्रदेश परिषद्को बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन । बुधबार हुने बैठकलाई प्रदेश सरकारका अधिकार र आवश्यक कानुन निर्माणका लागि संघीय सरकारलाई दबाब सिर्जना गर्ने माध्यमका रूपमा बुझिएको छ । 

बैठकमा संघीयताको कार्यान्वयन, कर्मचारी व्यवस्थापन, संगठन संरचना, प्राकृतिक स्रोतहरूको न्यायोचित वितरण र विकास आयोजनाको वर्गीकरण, विकास सहायता र कूटनीतिक सम्पर्क, नयाँ कानुनहरूका निर्माण र केही कानुनहरूको संशाेधनबारे छलफल गरी विभिन्न निर्णयहरू गरिने बताइएको छ। बैठकमा सामूहिक छलफलसँगै भावी योजना र रणनीति, प्रदेशका ठूला योजना, समस्या, योजना कार्यान्वयनलगायतका विषयमा समेत छलफल हुने भएको छ ।