नीति तथा कार्यक्रमबाट संकटोन्मुख अर्थतन्त्र जोगिने आधार देखिएन : एमाले

मंगलबार, ९ जेठ, २०८०
डिजिटल संस्करण

एमालेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट संकटोन्मुख देशको अर्थतन्त्र जोगिने कुनै आधार नदेखिएको टिप्पणी गरेको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानले बुधबार वक्तव्य जारी गर्दै त्यस्तो टिप्पणी गरेको हो ।

‘विद्यमान अर्थ राजनीतिक तथा सामाजिक चुनौतीलाई आत्मसात् गर्न नसक्दा नीति तथा कार्यक्रमको प्राथमिकता स्पष्ट हुन सकेको छैन ।बटुलबाटुल गरेर सबै विषय समेट्न खोज्दा यसको गन्तव्य नै दिशाहीन र अन्योलग्रस्त भएको छ,’ प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो नीति तथा कार्यक्रमको कार्यान्वयनबाट अहिले देशले भोगेका जटिल समस्यासँगै संकटोन्मुख भएको अर्थतन्त्र जोगिने कुनै आधार देखिँदैन ।’ 

एमालेको थिंकट्यांकका रूपमा काम गर्ने प्रतिष्ठानले महत्वपूर्ण विषयमा समसामयिक धारणा प्रस्तुत गर्नुका साथै पार्टी र नेतृत्वलाई राष्ट्रिय महत्वका विषयमा नीतिगत सुझाव दिने गर्दछ ।

अहिले सरकारको राजस्वले चालू खर्च धान्न नसक्ने, तलबभत्ता, पेन्सन, सामाजिक सुरक्षाभत्ता एवं सम्पन्न भइसकेका विकास कार्यको खर्चको भुक्तानी दिन नसक्ने अवस्थामा नीति तथा कार्यक्रमले ठुल्ठूला नयाँ आयोजना कार्यान्वयन गर्ने, चालू खर्च बढाउने तथा प्रदेश र स्थानीय तहले गर्ने कार्यक्रमसमेत समावेश गरेकाले आगामी दिनमा अझ गहिरो आर्थिक संकट निम्त्याउने र कार्यक्रमको उधारो वाचाले जनतालाई झनै निराश तुल्याउने एमालेको निष्कर्ष छ । 

See More On

सुझावित समाचार