१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी अस्पतालमा पाठेघर र स्तन क्यान्सर पहिचान गर्ने मेसिन नै छैन : सांसद थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १४:o४:oo

प्रतिनिधिसभा सदस्य नैनकला थापाले सरकारी अस्पतालहरूमा प्याट स्क्यान मेसिन आवश्यक भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी  छिन्।

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर पहिचान निःशुल्क गर्ने भनिए पनि सरकारी अस्पतालमा नै प्याट स्क्यान मेसिन नरहेको उनको भनाइ छ। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद थापाले भनिन्, ‘नेपाल सरकारको नीति तथा कार्यक्रममा महिलाहरूको पाठेघरको र स्तन क्यान्सरको पहिचानको लागि निःशुल्क गर्ने भन्ने छ। तर, नेपाल सरकारको अस्पतालमा अझसम्म एउटा प्याट स्क्यान मेसिनसम्म रहेनछ। त्यो प्याट स्क्यान मेसिन यति महँगो पर्दो रहेछ, त्यो औषधिहरू तुरुन्त चाहिने। भारतबाट मगाएर लगाउनुपर्ने। त्यो प्याट स्क्यानतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु।’