मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ ८ सोमबार ११:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्याम्पसलाई सनराइज बैंकले दियो पानी शुद्धीकरण यन्त्र

Read Time : < 1 मिनेट
२०८० जेठ ८ सोमबार ११:२६:००

सन्राइज बैंकले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युुरिफायर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त क्याम्पसका विद्यार्थीलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो । 

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले क्याम्पसका अध्यक्ष विष्णुुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई वाटर प्युरिफायर हस्तान्तरण गरेको जनाइएको छ ।

सुक्खा क्षेत्रमा शुद्घ पिउने पानीको अभाव रहेको र यो सामाजिक कार्यले त्यहाँका विद्यार्थीलाई शुद्ध पिउने पानी पिउन र स्वस्थ रूपमा पठनपाठन गर्न मद्दत पुर्‍याउने क्याम्पसका अध्यक्ष विष्णुुप्रसाद सापकोटाले बताए । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने जनाएको छ । 

यसै हप्ता बैंकले सुदूूरपश्चिमको धनगढी उपनगरपालिकालाई डस्टबिन, हसनपुरको ऐश्वर्य विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्ट्यान्ड, चुरे गाउँपालिका र डडेल्धुरामा प्रहरी बिट निर्माण गरेर सहयोग गरेको जनाएको छ ।