मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Friday, 28 August, 2026
२o८o जेठ ७ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीदरबार नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १४:३३:oo

नेपालमै पहिलोपटक गुल्मीदरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन्।

घोषणा सभालाई सम्बोधन गर्दै कार्कीले अभियानको दिगोपन र निरन्तरतामा जोड दिए। दिवंगत तत्कालीन गाउँपालिका प्रमुख अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दीर्घकालीन योजना बनाउँदा पोषण तथा मातृ शिशु सेवालाई प्राथमिकता दिएको थियो। सोही योजनाअनुरूप स्थापनाकालदेखि नै गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुवात, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्यचौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए।

अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो। पाँच वर्षको निरन्तर प्रयासपश्चात् अहिले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए।

यस गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण  कार्य अन्तिम चरणमा रहेको छ भने नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड– १९ को पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ।
 
एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम पनि निकै प्रभावकारी रूपमा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ।