१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १६:५८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ठूला वैदेशिक सहायतालाई ठूला परियोजनामा केन्द्रित गरिने

सरकारको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १६:५८:००

सरकारले ठूला वैदेशिक सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०८०–८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी दुवै संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी अन्तर्राष्ट्रिय सहयोगको उपयोग गरिनेछ ।’

उनले अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रूपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने नीति सरकारले लिने बताए ।