पतिको दीर्घायुको कामना गर्दै मिथिला–मधेसका सहरबजारदेखि गाउँगाउँमा आज बटसावित्री पर्व मनाइँदै छ।
विवाहित महिला सजिएर बिहानैदेखि वरपीपलको रूखमुनि घन्टौँ बसेर पर्व कथा वाचनसँगै पूजा गर्ने गरेका छन्। यसै क्रममा सिराहाको सलहेश गहबर परिसरमा रहेको वरपीपलको रूखमुनि बसेर पूजापाठ गरेका छन्।
यस पर्वमा विशेष गरी बाँसले बुनेको डाला, पंखा, फलफूललगायतका पूजा सामग्री प्रयोग गरिन्छ। व्रतालुहरूले वरपीपलको रूखमा धागो बेर्छन्।