Skip This
बाल यौन दुर्व्यवहारकाे आरोपमा कृषि शाखा प्रमुख पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Tuesday, 16 September, 2025
२o८o जेठ ५ शुक्रबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल यौन दुर्व्यवहारकाे आरोपमा कृषि शाखा प्रमुख पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १२:२९:oo

बाल यौन दुर्व्यवहारको आरोपमा मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटुवाल पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा कटुवाललाई प्रहरीले पक्राउ गरेको हो।

कटुवालमाथि सुनकोसी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

बालिकाका आफन्तले कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। कटुवाल केही दिनदेखि फरार थिए। 

कटुवालले आफ्नै घरमा काम गर्न बोलाएर उक्त बालिकालाई १७ मंसिरमा अश्लील भिडियो सामाग्री देखाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ। ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।