Skip This
भक्तपुर र चामुण्डा बिन्द्रासैनीका मेयरबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३ बुधबार o८:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भक्तपुर र चामुण्डा बिन्द्रासैनीका मेयरबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार o८:o२:oo

भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीबीच भेटघाट भएको छ । देशका विभिन्न स्थानीय तहबीच अनुभव आदान–प्रदान गर्ने क्रममा भक्तपुरका मेयर प्रजापति र मेयर शाहीबीच भेट भएको हो ।

सो क्रममा मेयर प्रजापतिले नगरक्षेत्रमा भइरहेको घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, ख्वप अस्पताल सञ्चालन र निःशुल्क अक्सिजनलगायत व्यवस्थाबारे जानकारी गएका थिए । उनले भक्तपुर नगरपालिकाको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धि र विकास निर्माणमा उपभोक्ता मोडलबारे जानकारी दिएका थिए । 

भेटमा चामुण्डा बिन्द्रासैनीका मेयर शाहीले जनप्रतिनिधिबीचको अनुभव आदान–प्रदानले आपसमा सिक्दै अगाडि बढ्न ऊर्जा मिलेको बताए । भक्तपुर नगरपालिकाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धिबाट आफूहरूले पनि सिक्न चाहेको बताए । उनले कलेज सञ्चालन गर्न र विद्यालयको व्यवस्थापन गर्न भक्तपुर नगरपालिकाले बनाएको शिक्षा ऐनबारे समेत जिज्ञासा राखेका थिए ।